सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोनाको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ सय ८० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
