इशाका रनिङ शिल्ड प्रतियोगिता सुरु

४ माघ २०७५, शुक्रबार १८:५८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा क्षेत्रका संस्थागत विद्यालय इशाका स्तरीय रनिङ शिल्ड प्रतयोगिता शुक्रवारदेखि सितापुरको शुक्र माविमा शुरु भएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रतियोगिताको उद्घाटन गर्दै खजुरा क्षेत्रलाई खेल हब बनाइने बताए । उनले खजुरालाई नमूना गाउपालिका बनाउन शिक्षा, स्वास्थ्य कृषिलगायत सबै क्षेत्र झै खेल क्षेत्रको विकास पनि महत्वपूर्ण भएको बताए ।
उनले प्रतिस्पर्धाबाटै सक्षम विद्यार्थी उत्पादन हुने बताए । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले खेललाई महत्वका साथ गाउँपालिकाले लिएको बताइन ।
प्रादेशिक खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वलीले खजुरा खेलाडीदेखि खेल पूर्वाधारसम्म नमूना रहेको बताए । इशाका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न विद्यालयलाई सम्मान गरिएको थियो । भलिबल, एथलेटिक्स लगायतका खेलमा सहभागी १५ विद्यालयका विद्यार्थीवीच प्रतिस्पर्धा भइरहेको छ । 

Next Post

बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

४ माघ २०७५, शुक्रबार १८:५८
रीता लामा/ रासस, घोराही  : बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । […]