अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

८ मंसिर २०७५, शनिबार १४:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रीय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशका प्रवक्ताले जनाएका छन् । मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु पुगेका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिएका छन् ।
घटनाबारे सरकारी अधिकारीहरुले विस्तृत जानकारी नदिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि राजधानी काबुलमा तीन दिनअघि भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।
(एजेन्सीको सहयोगमा)

Next Post

सभापति देउवा निरकुंश बनेको काँग्रेस नेता केसीको आरोप

८ मंसिर २०७५, शनिबार १४:४५
सदरलाइनडटकम, बुटवल : नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङबाट नभई निरकंसश ढङबाट चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पारे । पार्टी पदाधिकारीमा सामूहिक […]

सम्बन्धित