चट्याङ लागेर दुईको मृत्यु, ६ घाइते

सदरलाइन संवाददाता २८ श्रावण २०७८, बिहीबार १४:५१
 

गुल्मी : गुल्मीमा चट्याङ लागेर दुई जनाको जनाको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ बर्षीया कमला प्रतेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रतेलको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का ११ बर्षीय राहुल गन्धर्वको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्याय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।


चट्याङ लागेर ४२ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीय रुपा नेपाली, ९ वर्षीय किस्मत नेपाली, १७ बर्षीय राधा खत्री, २३ बर्षीय गोमा खत्री र २४ वर्षीय शर्मिला खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरू मध्ये रामबहादुर रुपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक वर्षका लागि किसान मैत्री कार्यक्रम सार्वजनिक

२८ श्रावण २०७८, बिहीबार १४:५१
नेपालगञ्ज :  कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक वर्षका लागि बाँकेमा कृषि कर्म गर्ने किसानलाई प्रोत्सान गर्नका लागि कृषि अनुदानका कार्यक्रमलाई मुख्य प्राथमिकताका साथ राखेको जनाएको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालले चालु आर्थिक वर्ष २०७८/०७९का लागि बाँकेको कृषि क्षेत्रको विकासको लागि कुल ११ करोड ६१ लाख ६९ हजार […]

सम्बन्धित