‘एटीएम’ राख्ने जिल्लामै पहिलो विद्यालय तुलसीपुर सेन्टर

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १३:४२
 

दाङ : दाङको मा.वि.तुलसीपुर सेन्टरले मंगलबारदेखि ‘एटीएम मेसिन’ सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि विद्यालय हाताभित्रै एनआईसी एसिया बैंकको सहकार्यमा ‘एटीएम मेसिन’ सञ्चालनमा ल्याएको हो ।

विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई सहज तरिकाले बैंकिङ सेवा प्रभाव गर्नका लागि विद्यालय हाताभित्र एनआईसि एसिया बैंकको सहजिकरणमा एटीएम मेसिन सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । साथै विद्यालय क्षेत्र आसपासका सम्पूर्ण नागरिकलाई पनि यस मेसिनल बैंकिङ कारोबारमा सहजता प्रदान गर्ने बताए ।

बार्षिक कार्ययोजना अनुसार एटिएम मेसिन विद्यालय हाताभित्र सञ्चालन गर्ने उद्देश्य रहेकोमा आज त्यो पूरा भएको जिकिर गरे । त्यस्तै उनले आगामी वर्षमा विद्यालय हाताभित्रै बैंकको क्यास काउन्टर पनि सञ्चालनमा ल्याउने कार्ययोजना रहेको बताए । विद्यालय हाताभित्र एटीएम मेसिन सञ्चालनमा ल्याउने जिल्लामै पहिलो विद्यालय पनि मावि सेन्टर बनेको छ ।


त्यस्तै एनआईसी एसिया बैंक तुलसीपुर शाखाका प्रमुख राजिव वलीले विद्यालय र विद्यालय आसपासका नागरिकलाई लक्षित गरेर विद्यालय हाताभित्र एटिएम मेसिन जडान गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन विद्यालयका संस्थापक अध्यक्ष नारायण प्रसाद रजौरेले रिबन काटेर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित

२० भाद्र २०८०, बुधबार १३:४२
नेपालगञ्ज : नेकपा एमाले लुम्बिनी प्रदेशको अधिबेशनबाट प्रदेश अध्यक्षमा विश्नु पौडेल निकट राधाकृष्ण कंडेल निर्वाचित भएका छन् । बुटवलमा भएको मतदानको बुधवार बिहान आएको अन्तिम मत परिणामबाट एमाले लुम्बिनी अध्यक्षका अर्का उम्मेदवार हरि रिजाललाई कंडेलले २ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचित भएका कंडेलले ४७९ मत प्राप्त गर्दा […]

सम्बन्धित