दूध उत्पादक किसान संगठनहरुको आइतवारबाट आन्दोलन शुरु

सदरलाइन संवाददाता १३ फाल्गुन २०८०, आईतवार १४:४१
 

बर्दिया : बर्दियाका २० भन्दा बढी दूध उत्पादक किसान संगठनहरुले आन्दोलन गर्ने बताएका छन् । सरकार दुग्ध उत्पादक किसानहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै बर्दियाका दुग्ध व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

दुग्ध किसानको समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको दुग्ध उत्पादक सहकारी संघ बर्दियाका अध्यक्ष पवन यादवले बताएका हुन् ।

आइतवार राजनीतिक दलका शिर्ष नेताहरु र प्रमुख सचेतकहरुलाई मागपत्र बुझाएका उनीहरुले फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा विहान २ घण्टा धर्ना दिइ ज्ञापन पत्र बुझाउने, १७ गते मुख्य राजमार्ग तथा सम्भावित सडकमार्गहरुमा २ घण्टा शान्तिपूर्ण रुपमा चक्काचाम गर्ने र २१ गते काठमाडौं माइती मण्डलामा धर्ना तथा बिरोध प्रदर्शन गर्ने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिए ।


८ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रिय सदस्य इन्द्र प्रसाद लुइटेलले बताए । भारतबाट अबैध रुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भएको कारण नेपाली किसानले उत्पादन गरेको दुग्ध बिक्री नभएको लुइटेलले विचार व्यक्त गरे ।

धेरै खर्च गरि गरिएको गाइ, भैंसी पालन बाट उत्पादन भएको दुधको उचित मुल्य नपाउने र विक्री भएको दुध समेत नपाएको हुनाले बर्दियाका समग्र दुग्ध उत्पादक किसानलाई समास्या भएको राजापुरका दुग्ध उत्पादक किसान टिकाराम रेग्मीले बताए । यस्तै भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग बर्दियाका कृषकको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भलिबल प्रतियोगितामा छात्र र छात्रा तर्फका २/२ समूह फाईनलमा

१३ फाल्गुन २०८०, आईतवार १४:४१
नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी भलिबल प्रतियोगिताको आइतवार तेस्रो दिनको खेलमा छात्रा र छात्र तर्फका समुह अन्तिम फाईनलमा पुगेका छ्न । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि फागुन ११ गतेदेखि क्याम्पसमा अन्तर संकाय भलिबल खेल सुरु […]