सभापति देउवा निरकुंश बनेको काँग्रेस नेता केसीको आरोप

८ मंसिर २०७५, शनिबार १४:५१
 

सदरलाइनडटकम,
बुटवल : नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङबाट नभई निरकंसश ढङबाट चलेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पारे । पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै केसीले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी संघ पनि संस्थागत हुन नसकेको दाबी गरे ।
उनले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढङले अगाडि बढ्ने बताए । नेता केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकारनै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको धारणा राखे ।

Next Post

नेपालगञ्जमा मनाइयो गुरुनानक जन्मजयन्ती (फोटो फिचरसहित)

८ मंसिर २०७५, शनिबार १४:५१
सदरलाइनडटकम, नेपालगञ्ज : सिख धर्मका प्रवर्तक गुरु नानकको ५ सय ४९ औँ जन्मजयन्ती शनिवार बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाँकेको बेलभारलगायत अन्य गुरुद्धारामा शुक्रवारनै मनाइएको थियो । नेपालगञ्जको बिपी चोकस्थित श्री गुरु नानक सिँह सभा गुरुद्धारामा शनिवार गुरु ग्रन्थको पाठ समापनसँगै गुरु नानक जन्मजयन्ती मनाइएको हो । सिख धर्मका […]