राष्ट्र बैंकमा नयाँ नोट लिन थामिनकस्नु भीड

सदरलाइन संवाददाता ३ कार्तिक २०८०, शुक्रबार १४:५७
 

नेपालगञ्ज : नयाँ नोट लिन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयमा थामिनसक्नु भिड लागेको छ । बिगतको जस्तो सबै बैंकले नयाँ नोट दिन पाएका छैनन् ।

जसको प्रत्यक्ष प्रभाव राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयमा देखिएको छ । नयाँ नोट वितरण गर्न शुरु गरेदेखि नै यहाँ दैनिक जसो थामिनसक्नु भिड लागेको छ ।


दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आस्थाको केन्द्र बन्दै नेपालगञ्जको बागेश्वरी मन्दिर

३ कार्तिक २०८०, शुक्रबार १४:५७
नेपालगञ्ज : नेपालगञ्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गरेका छन् । बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजका लागि मन्दिर पुग्नेगरेका छन् । प्रमुख शक्तिपीठको रुपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा […]