एन्फा प्रेसिडेन्ट लिग–२०७७

सुदूरपश्चिमको स्टारसिटी विजयी

सदरलाइन संवाददाता १२ चैत्र २०७७, बिहीबार १९:०३
 


नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल–२०७७ बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशको स्टार सिटी क्लव कैलालीले कर्णाली प्रदेशको लेकाली युवा क्लव जुम्लालाई ७–१ को अन्तरले विजयी भएको छ ।

स्टारसिटीको जीतमा स्टरसिटीका तर्फबाट जसीनं. १७का रुपबहादुर लामाले हेट्रिक सहित ५ गोलको योगदान रहेको थियो । उनले खेलको ३६, ५६, ६५, ८३ र ८६ औ मिनेटमा गोल गरेका थिए ।

स्टारसिटीका जर्सी नं. १९ का कप्तान टोपबहादुर विष्टले ६८ औं र जर्सी नं. १४ का रितिक खड्काले ९२ औ मिनेटमा गोल गरी खेललाई एकतर्फि रुपमा आफ्नो पक्षमा जित निकालेको हो ।

खेलको सुरुवाती चरणमा गोल गरेको लेकाली क्लवका जर्सी नं. १८ का रोशन रानामगरले ९ मिनेटमै गोल गरेको भएप नि स्टारसिटीको सामु खेललाई आफ्नो पक्षमा फर्काउन सकेनन् ।


खेलको म्यान अफ द म्याच ५ गोलको ब्यक्तिगत योगदान दिने स्टारसिटिका रुपबहादुर लामा घोषित भए । चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बाग्मती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

Next Post

खजुरामा हात्तिपाईलेको औषधि खुवाउने अभियानलाई तीब्र पारिदै

१२ चैत्र २०७७, बिहीबार १९:०३
खजुरा (बाँके)  : बाँकेको खजुरा गाउपालिकाले हात्तिपाईले बिरुद्धको औषधि खुवाउने राष्ट्रिय अभियानको तयारीका लागि स्वास्थ्यकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । खजुुरा गाउपालिकाका ८ वटै वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरी वडा तहसम्ममा पुग्ने गरी तयारी सुरु गरिएको हो । खजुरा गाउपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो अभिमुखिकरणमा स्वास्थ्य […]

सम्बन्धित