भाइटीकाको उत्तम साइत सार्वजनिक

१५ कार्तिक २०७५, बिहीबार १५:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल पञ्चाङ निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । समितिले शुभ बेलाको साइत दिएको हो ।
यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ ।
काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् ।
कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीवार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने चलन छ । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताएका छन ।
तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

Next Post

सम्पत्ती करबारे खजुरामा अभिमुखीकरण

१५ कार्तिक २०७५, बिहीबार १५:४०
सदरलाइनडटकम, खजुरा (बाँके) : स्थानीयबासीलाई सम्पत्ती करबारे जानकारी दिने उद्देश्यले खजुरा गाउँपालिकाले अभिमुखीकरण शुरु गरेको छ । वडाध्यक्षको नेतृत्वमा बिज्ञसहितको टोलीले अभिमुखीकरण शुरु गरेको हो । गाउँपालिकाको ८ वटै वडाको टोल–टोलमा भेला गरी स्थानीयबासीलाई सम्पत्ती करबारे सुझाव लिने र करबारे जानकारी दिइएको खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले […]