नेपालगञ्ज वडा नम्बर १२ द्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

सदरलाइन संवाददाता १६ पुष २०८०, सोमबार १५:५३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आज विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

वडा कार्यालयमा सोमवार आयोजित ’बाँके जिल्लाका विभिन्न संघसंस्था तथा नागरिक समाजमा निर्वाचित वडा नम्बर १२ का पदाधिकारीलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।


उच्च अदालत नेपालगञ्ज बारका अध्यक्ष चित्रबहादुर शाही, बाँके जिल्ला अदालत बारका अध्यक्ष मेहरसिंह खत्री, नेपालगन्ज उद्योग बाणिज्य संघका बस्तुगत सदस्य विनय श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पौडेल र तोपबहादुर थापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बाँकेका उपाध्यक्ष मिना डाँगी, नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटा र उपाध्यक्ष कविराम बुढाथोकीलाई सम्मान गरिएको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए ।

वडा अध्यक्ष बज्राचार्य लगायतले उनीहरूलाई नेपाली टोपी र खादा लगाएर सम्मानपत्रसहित सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण शुरु

१६ पुष २०८०, सोमबार १५:५३
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट सोमबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ का जेष्ठ […]