कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

२ असार २०७७, मंगलवार २३:५२
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा सोमबार साँझ मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ । दायाँ फोक्सोमा समस्या देखिएपछि गत ३० जेष्ठमा अस्पताल भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

उनको सोमवार दिउसो कोरोना परीक्षणको लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । अस्पताल निकट स्रोतका अनुसार उनको मृत्यु सोमबार बेलुकी साढे ६ बजे भएको र कोरोनाको रिपोर्ट मंगलवार अबेर आएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले मृतकको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको शव गृहमा रहेको र अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड–१९ को निर्देशिका बमोजिम गरिने तयारी भएको बताए ।


दायाँ फोक्सामा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालले मंगलबार राती सवा ११ बजेसम्म कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन ।

यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।

Next Post

योग शिविरले आईसोलेशन सेन्टर र क्वारेन्टाईनमा बसेकालाई तनाव मुक्त गरिदै

२ असार २०७७, मंगलवार २३:५२
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज : बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि जिल्लाका क्वारेन्टाइनमा बसेका व्यक्ति तथा संक्रमणमा परेर आईसोलेशन सेन्टरमा बसेकालाई लक्षित गरी तनाव व्यवस्थापनका लागि योग शिविर कार्यक्रम सञ्चालनमा ल्याएको छ । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको लक्षण नदेखिएका तर कोरोना पुष्टि […]