स्थानीयतहका शिक्षा शाखा प्रमुखलाई अनेरास्ववियू बाँकेको ध्यानाकर्षण

सदरलाइन संवाददाता १७ चैत्र २०७७, मंगलवार १६:५६
 

नेपालगञ्ज : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेले जिल्लाका आठवटै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो समय जिल्ला तथा नगर क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम बढ्दै गएको र विद्यालय क्षेत्रमा उच्च सतकर्ता अपनाउनु पर्ने माग सहित अनेरास्वावियू बाँकेले ध्यानाकर्षण पत्र बुझाएको हो ।

मंगलबार विहान अनेरास्वावियू बाँकेका संयोजक दिनेश केसीको नेतृत्वमा विद्यार्थी नेताहरुले आठ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।


पत्रमा अनेरास्ववियूले स्वास्थ्य मापदण्ड अपनाएर नियमित कक्षा सञ्चालन गर्नुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार चल्न आग्रह गरेको छ ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा संयोजक केसी सहित सह संयोजक बिकल भट्टराई, केन्द्रीय सदस्य सुमन घिमिरे, राजेश वली, टोपराज जैशी, देवेन्द्र बुढा लगायत जिल्ला कमीटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Next Post

भेरी अस्पतालको परीक्षणमा १८ जनामा कोरोना पुष्टि

१७ चैत्र २०७७, मंगलवार १६:५६
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना सक्रमित थपिएका छन् । अस्पतालको ल्यावमा ४५ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमित हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १–१ जना रहेका छन् । बाँकेमा […]