सदरलाइनडटकम,
नेपालगञ्ज : सहकारी युवा सम्मेलन बुधवार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको आयोजनामा भएको सम्मेलनको प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन् ।
प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी २१ जिल्लाका २५५ बचत तथा ऋण सहकारी संस्थाबाट २५० बढि युवाको सहभागिता रहेको संघका अध्यक्ष डिबी बस्नेतले जानकारी दिए । उद्घाटनमा सांसद तारा लामा तामाङ, सहकारी संघका केन्द्रीय सदस्य हरिहरनाथ योगी, बाँके जिल्ला अध्यक्ष प्रेम सुवेदी, सम्मेलन तयारी उपसमितिका संयोजक विजया धिताललगायतले मन्तव्य राखेका थिए ।


