२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेको बानियाभारमा कृषि क्याम्पस सञ्चालन हुँदै



सदरलाइनडटकम  
बैजनाथ (बाँके) : लामो समयको प्रतिक्षापछि बाँकेमा पनि कृषि विषयको उच्च शिक्षामा अध्यापन हुने भएको छ ।

यो संगै कृषि शिक्षामा विद्यार्थीको आकर्षण रहे पनि जिल्लामा पढाई हुने स्थान नहुँदा विद्यार्थीहरु अन्यत्र जाने समस्यासमेत टरेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–४ बनियाभार स्थित गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले ब्याचलर अफ साइन्स इन एग्रिकल्चर (बिएस्सीएजी) कार्यक्रमको स्वीकृति पाए संगै अब जिल्लामा नै कृषिमा उच्चच शिक्षाको अध्यापन हुने भएका हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनकोे कार्यकारी परिषद बैठकको सम्बन्धनको निर्णय गरेसंगै गोरखा पोलिटेक्निक कलेजले ४ वर्षे कोर्षको स्वीकृति प्राप्त गरेको कलेजका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए ।

उनले भने–‘ कृषिको प्रचुर संभावना भएको ठाँउमा कृषि विषयमा अध्यापन गराउने लामो समयको कसरतको परिणाम हात पार्दा हर्षित भएका छौंं । अहिलेलाई ५० सिटमा विद्यार्थीलाई अध्यापन गर्न आरम्भ गरिने गरी सम्बर्धन पाएका छौ पछि राम्रो व्यवस्थापन र पूर्वाधार थप गरि गरि ९५ जना सम्मलाई पढाउन सक्ने उद्देश्य राखेका छौं ।’

उनले आगामी मंसिर २७ गतेसम्म प्रवेश परिक्षाको फारम भर्न मिल्ने र २९ गते प्रवेश परिक्षा हुने गरी विश्वविद्यालयले तयारी गरेको जानकारी दिदै भने–‘ प्रवेश परिक्षा विश्वविद्यालयले नै लिने हो त्यसको लागि आवश्यक सबै प्रकृया विश्वविद्यालयको वेभसाईटमा हेर्न सकिन्छ ।’   http://www.afu.edu.np

 

प्रकाशित मिति : २०७५ कात्तिक २७ गते मंगलबार
ताजा समाचार