सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा सोमवार घुम्ती शिविर एवं सार्वजनिक सुनुवाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिकाको आयोजना र जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा घुम्ती शिविर एवं सार्वजनिक सुनुवाई गर्न लागिएको हो ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल राष्ट्रीय प्राथमिक विद्यालय खोदवाँ पण्डितपुर्वामा आयोजना हुने घुम्ती शिविरमा नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच, नागरिकता वितरण र मतदाता नामावली संकलन हुने प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । नागरिकता वितरण र मतदाता नामावली संकलन ६ वटै वडामा फरक–फरक दिनमा गरिने उनले जानकारी दिए ।
१० गते वडा नम्बर १ मा, ११ गते २ मा, ३ मा १२ गते, ४ मा १३ गते, १४ गते ५ नम्बर वडामा र १५ गते वडा नम्बर ६ मा नागरिकता वितरण र नामावली संकलन गरिने बस्नेतले बताए ।


