सदरलाइनडटकम,
सर्लाही : दीपावलीमा जीप भित्र दियो बालेर राखेपछि सर्लाहीमा जीप जलेर नष्ट भएको छ भने एक बालकको मृत्यु भएको छ । ब्रम्हपुरी गाउँपालिका ७ नोकेलवामा जीपमा दीपावलीको बत्ती बाल्दा जीप नै जलेर नष्ट भएको हो ।
जीपभित्र सुतेका एक बालकको मृत्यु भएको छ । घरको आगनमा पार्किङ गरेर राखेको बीआर ०६ एपी २०१८ नम्बरको बलेरो जीपमा दीपावली गर्न बालेको दियोबाट आगो सल्किँदा जीपभित्र सुतिरहेका रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको मृत्यु भएको हो । जीप पूर्णरुपमा जलेको छ ।
यस्तै बुधवार राती चन्द्रनगर, गोडैता, रामनगरलगायतका स्थानमा आगो लाग्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


