२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

छठका अवसरमा नेपालगञ्जमा चियापान



सदरलाइनडटकम,
नेपालगञ्ज : छठ पर्बका अवसरमा बुधवार नेपालगञ्जमा भेटघाट तथा चियापान कार्यक्रम गरिएको छ । सामाजिक सद्भाव समिति त्रिभुबन चौकको आयोजनामा गरिएको कार्यक्रममा शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।
बुधवार एकाबिहानै उदाउँदो सुर्यलाई अर्घ्य दिन शक्तिपीठ बागेश्वरी मन्दिरमा सम्पन्न कार्यक्रममा चार सय बढीको सहभागिता थियो । सामाजिक सद्भाव समिति त्रिभुवन चौकका संयोजक बृजेश बैष्यलगायतका समिति पदाधिकारीहरुले रातभर जाग्राम बसि पुजा गरेर घर फर्किर्दै गरेका दर्शनार्थीहरुलाई चिया बितरण गरि शुभकामना साटासाट गरेका थिए ।
विभिन्न चाड पर्बले समाजमा एकता कायम गर्ने भएकाले यसलाई अवसरका रुपमा सदुपयोग गरेको समिति संयोजक बैष्यले बताए । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिँह हमाल, वडा सदस्य ध्रुब दाहाल, बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट, ईन्स्पाईरिङ युथ कार्यक्रम संयोजक रबिन्द्र बोहरा, स्वयम् सेवक जनक थापा, शुद्धप्रसाद चौधरीलगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : २०७५ कात्तिक २८ गते बुधबार
ताजा समाचार