सदरलाइनडटकम,
सुनसरी : इटहरी ६ स्थित धरान रोडमा रहेको एक पसलमा आगलागी भएको छ । बुधवार दिउँसो साढे एकबजे लागेको आगो नियन्त्रणका गर्न सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको बिराटनगर, सुन्दरहरैचाको दमकल पुगेका छन् ।
प्रहरीका अनुसार सामसुङको शो रुम रहेको घरमा आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रण निभाउनका लागि प्रहरी र ठूलो संख्यामा नगरबासीहरू पनि लागेका छन् । आगलागी नियन्त्रणको प्रयास जारी रहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक शिव श्रेष्ठले बताए ।


