‘लोकतान्त्रिक गठबनधनले जितेमात्र नेपालगन्जको विकास संभव’

१४ मंसिर २०७४, बिहीबार १८:५३
 

सदरलाइनडटकम 
१४ मंसिर, नेपालगन्ज : प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ४ दिनको मात्र समय रहँदा बाँकेमा प्रचार प्रसारको चटारो छ । लोकतान्त्रिक गठबन्धनको लागि मत माग्दै प्रचारका हिडेका नेपालगन्जको मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापामगरले एउटै मञ्चबाट एउटै स्वरमा भने ‘नेपालगन्जको विकास गर्ने हो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस ।’
मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापति र प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालको अगुवाईमा नेपालगन्जमा रोड शो गरियो ।
व्यापक जनसहभागितामा गरिएको रोड शोपछि त्रिभुवनचोकमा पुगेर कोणसभा गरिएको थियो । कोणसभामा बोल्दै कांग्रेस, राप्रपाका नेता र उम्मेदवारहरुले नेपालगन्जको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले विहीबार कोहलपुर नगरपालिका वडा नम्बर ११ का बसपार्क र दशविघा क्षेत्रमा घरदैलो गरेको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिए । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले फत्तेपुरको खल्लाझगडिया र नन्कउपुरमा घरदैलो गरेको बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर २ नौवस्तामा कोणसभा र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले बताए । प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले खजुरा बजारमा घरदैलो गरेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए ।


Next Post

बामगठबन्धनको प्रचार अभियान जारी जनताको मन जितेर निर्वाचनमा विजयी हुने उद्दघोष

१४ मंसिर २०७४, बिहीबार १८:५३
सदरलाइनडटकम १४ मंसिर, नेपालगन्ज : निर्बाचनको मिति नजिकिदै गर्दापनि बाम गठबन्धनले बाँकेको सबै निर्वाचन क्षेत्रमा आफ्नो प्रचार अभियान तीब्र परेको छ । विबहीबार निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलोसँगै कोणसभालाई जारी राखेको जनाएको छ । निर्वाचन क्षेत्र नं. ३ क को बनकटुवाको बनकटुवा र सम्झनाचौकमा सभा भएको छ । निर्वाचन क्षेत्र […]