‘काँग्रेससंग जनताको एजेण्डा छैनन्’

१४ कार्तिक २०७५, बुधबार १८:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : संघिय सांसद तथा नेकपाका बाँकेका नेता नन्दलाल रोकायले मुलुकलाई उत्पादनसंग जोडेर हिड्न सके सम्बृद्धिको बाटो आफै तय हुने बताएका छन् ।
नेकपा बाँके निकट व्यावसायीहरुको संगठन राष्ट्रिय बाणिज्य संघ बाँके राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले संयुक्त रुपमा आयोजना गरेको पर्व उत्सव विषेश चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले बर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रतिफल आउने बेलामा विपक्षि दल काँग्रेस अत्तालिएर जनताको एजेण्डा भन्दा पनि अनेकन विषयमा निहुँ खोज्दै आएको आरोप लगाए । उनले भने–‘जहिले जहिले काँग्रेस सत्तामा आयो त्यसले लोकतन्त्रलाई आघात पुरायो । त्यो २०१७ सालमा होस, २०५१ सालमा होस वा त्यस यताको समयमा ।’ उनले काँग्रेससंग जनताको लागि कुनै एजेण्डा नै नभएको दाबी गरे ।
सो कार्यक्रममा प्रदेश सभा सदस्यहरु कृष्ण केसी नमुना, आईपी खरेल, बाबुराम गौतम, नेकपाका नेताहरु गोपाल गिरि, अक्कलबहादुर बम, व्यवसायी दामोदर आचार्य, मधु शर्मा, कपिल अधिकारी, नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्षद्वय भाष्कर काष्फले र बसन्त लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत काप्mलेले गरे भने सञ्चालन मुकुट ढकालले गरेका थिए ।

Next Post

गाँउस्तरीय फुटबल प्रतियोगिता मदाहमा शुरु

१४ कार्तिक २०७५, बुधबार १८:०३
सदरलाइनडटकम, बर्दिया : बर्दियाको मदाहमा गाँउस्तरीय खुल्ला फुटबल प्रतियोगिता बुधवारदेखि शुरु भएको छ । सगरमाथा समाज सुधार युवा क्लव मदाहको आयोजनामा बाँसगढी नगरपालिका ४ मदाहमा प्रतियोगिता शुरु भएको हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुने छ । बुधवार भएको […]