धनगढीबाट तीन जना नक्कली प्रहरी पक्राउ

२९ माघ २०७६, बुधबार १४:५६
 

सदरलाइनडटकम,
कैलाली : नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना धनगढीबाट पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ५ घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय किशन सिजापति पक्राउ परेका हुन् ।
माघ २ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरा घर भई मिलन चोकस्थित चन्द्र भान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलबाट उनीहरूले रकम असुली गरेको भन्दै उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

Next Post

काउली बालीमा ‘ब्रिकेट’ युरियाको सफल परीक्षण

२९ माघ २०७६, बुधबार १४:५६
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सञ्चालित काउली बालीमा मलखाद परीक्षण तथा प्रदर्शनीको बुधवार कृषकहरुले अवलोकन भ्रमण गरेका छन् । युएसएआइडीको आर्थिक सहयोगमा सिमिट इन्टरनेशनल तथा महातरकारी उत्पादन सहकारी संस्था लिमिटेडको साझेदारीमा सञ्चालित प्रदर्शनीको कृषकहरुले अवलोकन गरेका हुन् । कृषक दिवसका अवसरमा किसानहरुले गरेको अवलोकन […]

ताजा अपडेट