सदरलाइनडटकम,
नेपालगञ्ज : किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तथा वक्तृत्व सीप सम्बन्धी तालिम शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्याक नेपालको आयोजनामा सम्पन्न सो तालिममा बाँकेका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २५ जना किशोर किशोरीले सहभागिता जनाएका छन् ।
कार्यक्रमको समापन समारोहमा प्लान इन्टरनेशनल नेपालका संरक्षण संयोजक आशा बुढा, स्याक नेपालका जगदिश थापा, प्रशिक्षक रुद्र सुवेदी, सहभागी दिपक केसी, सिद्धी मिश्रालगायतले तालिमका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
बालबिवाह रोकथाम परियोजना अन्तरगत सञ्चालन गरिएको सो तालिममा सञ्चारकर्मीद्वय रुद्र सुवेदी र शंकर खनालले सहजिकरण गरेका थिए ।
