राणाले फिर्ता लिए सभापति पदको उम्मेदवारी

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १८:३७
 

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल नरसिंह राणाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । हालका उपसभापति राणा संस्थापन निकट नेता हुन् । उनले उम्मेदवारी फिर्ता लिएसंगै अब कांग्रेस बाँकेको सभापतिमा तीन जनावीच प्रतिष्पर्धा हुनेछ ।

फागुन १९ गते हुने निर्वाचनमा सभापति पदमा नारायण प्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मीवीच प्रतिष्पर्धा हुनेछ । गौडेल नेता डा.शेखर कोइराला (संस्थापन इतर) निकट हुन् भने हमाल र कुर्मी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा (संस्थापन) निकट हुन् । पदाधिकारी र सदस्य पदमा भने दुई प्यानलवीच प्यानलगत प्रतिष्पर्धा छ । दुई जना उपसभापतिका लागि गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्णबहादुर कार्की र सुदिपनरसिंह राणावीच प्रतिष्पर्धा हुनेछ । अधिकारी र मौर्य गौडेल प्यानलका हुन् भने कार्की र राणा संस्थापनका हुन् ।


दुई सचिवका लागि सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जुकुमारी (थारु) चौधरीवीच प्रतिष्पर्धा हुनेछ । कोइराला र काफ्ले गौडेल तथा हमाल र चौधरी संस्थापन समूहका हुन् । यस्तै दुई सहसचिवका लागि रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारुवीच प्रतिष्पर्धा हुनेछ । ठाकुर र लम्साल गौडेल तथा ठकुरी र थारु संस्थापन समूहका हुन् । यस्तै सदस्यहरुमा पनि प्यानलगत उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न फागुन १९ गते मतदान हुँदैछ । विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडक्रस बाँकेको ४०औं बार्षिक साधारण सभा सम्पन्न

१४ फाल्गुन २०७८, शनिबार १८:३७
नेपालगञ्ज :  नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४०औं जिल्ला बार्षिक साधारण सभा जानकी उपशाखाको आतिथ्यमा जानकी गाउँपालिका–६ गनापुरमा शनिवार सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री एवं सभाका प्रमुख अतिथि सुरेन्द्रबहादुर हमालले मानवीय सेवामा संधै अग्रसर रहने नेपाल रेडक्रसको प्रशंसा गर्दै […]