नेपाल उद्योग संघको अध्यक्षमा बाँकेका ओमप्रताप राणा

२९ माघ २०७४, सोमबार १७:२३
 

सदरलाइनडटकम 
२९ माघ, नेपालगन्ज : नेपाल उद्योग संघको काठमाडौमा सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनले बाँकेका उद्योगी व्यावसायी ओमप्रताप राणाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सोही महाधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा तिलचन्द्र भट्टराई, उपाध्यक्षमा कल्पना लिम्वु, राजकुमार पाण्डे, चिन्तामणी बास्तोला, मितेशनन्दन मिश्रा रहेका छन् ।
यसैगरी महासचिवमा इश्वरबहादुर गुरुङ, उपमहासचिवमा केशव धिताल, सचिवमा मनिषा सुब्बा, सह सचिवमा देवेन्द्र चौलागाई, कोषाध्यक्षमा राजेन्द्र थपलिया र सह कोषाध्यक्षमा शालिकराम तिमिल्सेना रहेका छन् ।
संघको विधान अनुसार ४७ सदस्यीय कार्यसमितिमा ३५ सदस्य अधिवेशनबाट निर्वाचित भएका छन् । बाँकी सदस्यहरु प्रदेश समिति र मनोनित गरी कार्यसमितिलाई पूर्णता दिईने अध्यक्ष राणाले बताए ।

Next Post

सानीभेरी–९ हासिबाङ्गका ५५ विपन्न परिवारलाई पानी फिल्टर

२९ माघ २०७४, सोमबार १७:२३
सदरलाइनडटकम   २९ माघ, रुकुम (पश्चिम) : रुकुमेली समाज विकास केन्द्रले अष्टेलियन एडको आर्थिक सहयोगमा ‘सबैका लागि दिगो सरसफाई र स्वच्छता’ कार्यक्रम अन्तरगत सानीभेरी गाउँपालिका–९ का ५५ विपन्न परिवारलाई पानी फिल्टर वितरण गरिएको छ । सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले समाजमा दुषित पानीबाट विभिन्न रोगहरु लाग्ने गरेको र यस्तो हुन नदिन […]

सम्बन्धित