सदरलाइनडटकम,
काठमाण्डौ : शक्तिशाली आँधीका कारण इटालीमा ११ जनाको मृत्यु भएको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण उनीहरुको मृत्यु भएको हो ।
इटालीको पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिद्युत आपूर्तिसमेत ठप्प भएको छ । भेनाइस शहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ ।
त्यहाँका मौसमविद्ले अझै केहिदिन मौसम प्रतिकुल रहने अनुमान गरेका छन् । दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा हजारौं यात्रुहरु बाटोमा अलपत्र परेका अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आँधीका कारण रुख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका छन् ।
(एजेन्सीको सहयोगमा)