सदरलाइनडटकम,
कालिकोट : कणाली नदीमा र्याफ्टिङ गर्दै आएका विदेशी पर्यटकको मृत्यु भएको छ । हुम्लाबाट र्याफ्टिङ गर्दै आएका विदेशी पर्यटकको बिहीवार बिहान सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडामा मृत्यु भएको हो ।
विदेशी नागरिक कुन देशका हुन् भन्ने परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । ‘विदेशी नागरिक कुन देशका हुन् भन्ने खुल्न सकेको छैन ।’ उनले भने, ‘प्रहरी घटनास्थल पुगेको छ ।’
र्याफ्टिङ गर्दै आएका विदेशी नागरिकको नदीको तेज बहावले कडा चट्टानमा ठोकिएर मृत्यु भएको स्थानीय नरबहादुर बुढाले बताए । घटना भएको ठाउँमा गत वर्ष पनि र्याफ्टिङ गर्दै आएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको थियो ।
कर्णाली नदीमा र्याफ्टिङ गर्दै आउने विदेशी पर्यटक सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडा भन्ने ठाउँमा यो घटनासहित ४ जनाको मृत्यु भइसकेको छ ।
Next Post
पिङबाट लडेर चार जना घाइते, दुईको अवस्था गम्भीर
२९ कार्तिक २०७५, बिहीबार १५:२२
सम्बन्धित
-
२४ आश्विन २०७६, शुक्रबार १४:३७
सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १२ पुग्यो
-
२५ चैत्र २०७९, शनिबार १६:११
बाँकेसहित लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै
-
१५ कार्तिक २०७३, सोमबार १०:५४
कार्तिकभित्र संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता : अध्यक्ष भण्डारी
-
८ मंसिर २०७५, शनिबार १७:२३
धान दाउने मेशिनमा परि दाङ बालिकाको मृत्यु
-
२५ माघ २०८०, बिहीबार १७:२१
लागुऔषधसहित बाँकेमा एकजना पक्राउ
-
१ आश्विन २०८०, सोमबार १८:३४
Rotaract District Team Training Seminar held at Comilla