सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल औपचारिकरूपमा कर्णाली प्रदेश सरकारको मातहतमा आएको छ ।
मध्यपश्चिम क्षेत्रिय अस्पतालको रूपमा सेवा प्रवाह गर्दै आएको अस्पतालले अब कर्णाली प्रदेश अस्पतालका रूपमा सेवा प्रवाह गर्नेछ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार औपचारिकरूपमा कर्णाली प्रदेशको केन्द्रीय अस्पतालको रुपमा उक्त उदघाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकहरूलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नका लागि प्रदेश अस्पतालको सेवा गुुणस्तरीय बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराखिने बताए ।
स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र गुणस्तरीय बनाउन राजनीतिक खेलबाट टाढा राखिने उनले बताए । अहिले ५० शय्याको अनुमति भएपनि कर्णाली प्रदेश अस्पतालमा १५० शय्या सञ्चालन भइरहेको छ ।
