बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट

सदरलाइन संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १६:४८
 

नेपालगञ्ज : संघीय सरकारले ल्याएको बजेटमा बाँकेले ४ अर्ब बढि बजेट पाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बाँकेले कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट पाएको हो ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो ।

बाँकेमा सबैभन्दा बढि नेपालगञ्ज उपमहानगरपालिका र सबै भन्दा कम नरैनापुर गाउँपालिकाले बजेट पाएको छ । चालु तर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पुँजीगत प्रकृति ४९ करोड २९ लाख गरि बाँकेलाई कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ ।

समानीकरण अनुदानतर्फ बाँकेले एक अर्ब ४६ करोड १६ लाख, सशर्त अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) २ अर्ब ४९ करोड ५८ लाख, विशेष अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) १० करोड ८० लाख, समपुरक अनुदान (पुँजीगत प्रकृति) ९ करोड १९ लाख गरि बजेट पाएको हो ।


नेपालगञ्ज उपमहानगरपालिकाले समानीकरण अनुदानतर्फ, सर्शत अनुदानतर्फ, विशेष अनुदानतर्फ, समपुरक अनुदान गरि कुल ९५ करोड ७५ लाख बजेट पाएको हो ।

कोहलपुर नगरपालिकाले कुल ५८ करोड एक लाख, खजुरा गाउँपालिकाले कुल ५२ करोड २४ लाख, जानकी गाउँपालिकाले कुल ३५ करोड ४७ लाख, डुडुवा गाउँपालिकाले कुल ३७ करोड ४६ लाख र नरैनापुर गाउँपालिकाले कुल ३५ करोड १९ लाख बजेट पाएको छ ।

यस्तै बैजनाथ गाउँपालिकाले समानीकरण अनुदानतर्फ, सर्शत अनुदानतर्फ, विशेष अनुदानतर्फ, समपुरक अनुदान गरि कुल ४८ करोड ९० लाख बजेट पाएको छ ।

विशेष अनुदान र समपुरक अनुदानतर्फ कुनै पनि बजेट नपाएको राप्तीसोनारी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६ लाख, सर्शत अनुदानतर्फ ३४ करोड ६५ लाख गरि कुल ५२ करोड ७१ लाख बजेट पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा बालिका बलात्कारको आरोपमा विष्ट पक्राउ

२० जेष्ठ २०७९, शुक्रबार १६:४८
कैलाली : कैलालीमा १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन् । बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका […]

सम्बन्धित