पालिकास्तरिय महिला भलिवलको तयारी सकियो

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १९:२०
 


नेपालगञ्ज : जिल्ला खेलकुद विकास समिति, बाँकको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म (१२–१४ कात्तिकसम्म) खजुरास्थित भलिबल स्टेडियममा हुन लागेको पालिकास्तरिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

महिला भलिवलको राष्ट्रिय टीम तयार गर्ने उद्देश्यले पालिकास्तरिय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले बताए । उनले गाउँ–गाउँबाट महिला भलिवल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गरिने बताए ।

उनले स्थानीय तहमा महिला खेलाडी भए पनि पहिचान हुन नसक्दा प्रतिभाहरु ओझेलमा परेको बताउँदै खेल प्रतिभाको खोजी गर्ने प्रमुख उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । ‘महिला खेलाडी बाहिर आउन नसक्दा उनीहरुको प्रतिभा लुकेर बसेको छ । यो प्रतियोगिताले त्यस्ता लुकेर बसेको खेल प्रतिभाको खोजी गरि बाहिर ल्याउन मद्दत गर्ने छ,’ अध्यक्ष शाहले भने ।


प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका ८ वटा महिला टीम सहभागी हुने प्रतियोगिता संयोजक समेत रहेकी उपाध्यक्ष कृष्णा पाठकले बताइन् । उनले जिल्लामा महिला भलिबलको सम्भावना प्रवल रहेपनि खेलाडी बाहिर आउन नसक्दा टीम बनाउन समस्या भएको बताइन् ।

लिककम नकआउट प्रणालीमा हुने प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् । फोटो : गोचालीखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रणवीर र आलियाको बिहे डिसेम्बरमा !

११ कार्तिक २०७८, बिहीबार १९:२०
काठमाडौं  : चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा बिहे गर्न लागेको चर्चा चलेको छ । बिहेको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै अभिनीत फिल्म ‘ब्रह्मशास्त्र’ प्रदर्शनको क्रममा छ । उनीहरूले दुई […]

सम्बन्धित