नेपालगञ्जका मेयर राणाले गरे आफ्नो तलबभत्ता सामाजिककार्यमा वितरण

८ कार्तिक २०७५, बिहीबार ०९:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मेयर भएर पाउने आफुले पाउने तलब भत्ता सामाजिक कार्यमा लगाउन सुरु गरेका छन् ।
उनले असोज महिनाको आफ्नो तलबभत्ता नेपालगञ्जको– २ खानेपानी टंकी नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका छन् । मेयर डा.राणाले एक महिनाको तलब भत्ता गरि ५० हजार रुपैयाँ महर्षि बाल्मिकी जयन्तीका अवसरमा समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई हस्तान्तरण गरेका हुन ।
उनले आफु पहिलो पटक मेयर हुँदा वाल्मिकी टोलस्थित महर्षि बाल्मिकी मन्दिर स्थापनार्थ सहयोग गरेको स्मरण गर्दै राणाले आफूले पाउने सरकारी सेवा सुविधा सामाजिक क्षेत्रमा लगाउने बताए ।
उनले यसअघि आफ्नो तलब भत्ता नेपालगञ्जस्थित ब्रहाकुमारी इश्वरीय बिश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रलाई सहयोग गरेका थिए । यो क्रमलाई निरन्तरता दिदै जाने र आवश्यता र सदुपयोगताको स्थान हेरेर क्रमश मेयर डा. राणाले आफ्नो तलव भत्ता समाजिक कार्यलाई प्रोत्साहन गर्न बितरण गरिने तयारी भएको राप्रपाका युवा नेता केन्द्रीय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए ।
स्थानीय निकायको निर्बाचनमा आफ्नो तलब भत्ता सामाजिक सेवामा लगाउने उदघोष गरेका डा.राणाले सो अवसरमा आफु राजनीति र सरकारी क्षेत्रमा रहँदासम्म आफुले पाउने तलब भत्ता सामाजिक क्षेत्रमा लगाउने बताए ।
उनले नेपालगञ्ज उप–महानगरमा आफ्नो कार्यकालभरी कुनै पनि विकास निर्माणका कामदेखि सामाजिक काममा ढिलासुस्ती हुन नदिने र यो या त्यो बाहानामा भ्रष्टाचार, कमिशनखोरी चल्न नदिने उद्घोष गर्दै भने–‘म पदमा रहदासम्म नेपालगञ्ज उप–महानगरमा कुनै पनि भ्रष्टाचार हुन दिने छैन् । कमिशनखोरी, तथा जनताको काममा ढिला सुस्ति हुन दिने छैन ।’
सो अवसरमा मेयर डा. राणाकी पत्नी प्रतिमा राणा, राप्रपाका युवा नेता केन्द्रीय सदस्य ऋषिराज देवकोटा, स्वकिय सचिब बिकाश गौतम लगायत सहभागिता रहेको थियो । 

Next Post

भाकपा महासचिव येचुरी नेपालमा

८ कार्तिक २०७५, बिहीबार ०९:०५
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी नेपाल आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा महासचिव येचुरी बिहीवार बिहान काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए […]