क्यानडामा चार वटा भूकम्प

५ कार्तिक २०७५, सोमबार १४:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतवार राति चारवटा भूकम्पका धक्का महसुस गरिएको छ । ती भूकम्पहरु ४.९ म्याग्निच्यूडदेखि ६.८ सम्मका रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । पहिलो ६.६ म्याग्निच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो ।
यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किलोमिटर उत्तरपश्चिममा रहेको छ । दोस्रो ६.८ म्याग्निच्यूडको भूकम्प एक घण्टापछि अर्थात् ११ बजेर १६ मिनेटमा क्यानडेली सहर पोर्ट हार्डीभन्दा १२२ माइल दक्षिणपश्चिममा गएको थियो । त्यसको ६ मिनेटपछि ६.५ म्याग्निच्यूडको भूकम्प पोर्ट हार्डीबाट १३८ माइल दक्षिणपश्चिममा गएको थियो ।
लगत्तै सोही स्थानमा केही कमजोर ४.९ म्याग्निच्यूडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । साथै अधिकारीहरुले सुनामीको चेतावनी समेत जारी गरेका छैनन् । यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ ।
(एजेन्सीको सहयोगमा)

Next Post

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, २४ घाइते

५ कार्तिक २०७५, सोमबार १४:५९
सदरलाइनडटकम, सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् । जुगल गाउँपालिका याङ्लाकोटबाट जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनी ट्रक सोमवार भैंसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा बाराको जितपुर उपमहानगरपालिकाका ५३ वर्षीय लुते तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको […]