८ जनाको मृत्यु भएपछि मष्टा गाउँपालिकामा शोक विदा

सदरलाइन संवाददाता ३ कार्तिक २०७९, बिहीबार १४:४६
 

नेपालगञ्ज : जीप दुर्घटनामा परेर पालिकाभित्रका आठजनाको मृत्यु भएको शोकमा बझाङको मष्टा गाउँपालिकाले बिहीवार शोक विदा दिएको छ ।

मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए ।


बुधवार दिउँसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

३ कार्तिक २०७९, बिहीबार १४:४६
नेपालगञ्ज : यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यस दिन सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने नेपालका खगोलविदले जनाएका छन् । वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट […]