डुडुवामा भण्डारण केन्द्र निर्माण हुँदै

२ माघ २०७५, बुधबार १४:३५
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाका किसानलाई सहुलियतमा कृषि बीउ उपलब्ध गराउनका लागि कैराँती बीउ संकलन तथा प्रशोधन भण्डार निमार्णको प्रक्रिया शुरु गरिएको छ । गाउँपालिकाको वार्ड नंं. २ कैराँतीपुरवास्थित कोटही मातामा रहेको करीब १० कठ्ठा जग्गामा तीन बर्षे योजनाअन्तर्गत साढे दुई करोडको लागतमा भण्डारण केन्द्र निमार्ण प्रक्रिया शुरु गरिएको हो ।
भण्डारण कन्द्रको बुधवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । शिलान्यास गर्दै अध्यक्ष चौधरीले किसानले समयमा बिउ बिजन नपाएर राम्रो उत्पादन गर्न नसकेको अवस्थामा भण्डारण केन्द्रले समयमा बिउ उपलब्ध गराई उत्पादनमा बृद्धि गर्नमा सहयोग पुग्ने बताए ।
गाउँपालिकास्तरमो ठुलो परियोजना शुरु भएपछि किसानहरु खुशी भएका छन् । स्थानीय गोविन्दप्रसाद कैराँतीले केन्द्र निमार्ण तथा सञ्चालनका लागि १० कठ्ठा जग्गा दान दिएका हुन् । परियोजनाअन्तर्गत वेयर हाउस (गोदाम), बीउ सुकाउने प्लेट फर्म, स्टोर भवन, ३ कोठे कार्यालय, बाउण्ड्री र खानेपानी शौचालय निमार्ण गरिने छ । कर्मागतरुपमा बार्षिक बजेट थप गरि निर्माण सम्पन्न गरिने सब इन्जिनियर मदनेश्वर झाले बताए ।
उनका अनुसार पहिलो चरणमा ४० लाखबाट निमार्ण शुरु गरिने र तेस्रो चरणमा निमार्ण सकिने योजना रहेको छ । भण्डारण केन्द्रमा २ सयदेखि ३ सय मेट्रिक टन बीउ भण्डारण गर्ने क्षमता रहेकोे छ । बीउ भण्डारण, प्रशोधन गरि अन्यत्रसमेत बिक्रीका लागि निर्यात गरिने योजना छ ।


Next Post

प्रहरीको गोली लागेर कोहलपुरमा एक घाइते

२ माघ २०७५, बुधबार १४:३५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रममा बुधवार बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरी घाइते भएको प्रदेश नम्बर–५ का प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय […]