महंगीको बिरुद्ध तरुण दल बाँकेको ज्ञापन

२६ आश्विन २०७५, शुक्रबार १९:४८
 


सदरलाइनडटकम
नेपालगञ्ज : नेपाल तरुण दल बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बढ्दो महंगीका विरुद्ध ज्ञापनपत्र बुझाएको छ । चाडपर्वको समयमा सरकारले मुल्य बृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै सो सच्याउन माग सहित प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
यसअघि नेपाली काँगे्रस पार्टी बाँकेको कार्यालयबाट तरुण दलको र्याली सहित बजा परिक्रमाम गरी नेपाल तरुण दल बाँकेका अध्यक्ष विरेन्द्रबहादुर शाहले प्रमुख जिल्ला अधिकारी भुजेललाई बुझाएका हुन ।
सो ज्ञापनमा मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी तस्करीलाई नियन्त्रण र कारवाही गरिनुपर्ने, चाडपर्वमा अति उपभोग्य वस्तु सुपथ मुल्यमा उपलब्ध हने गरि पसलको ब्यवस्था गरिनु पर्ने लगायत माग रहेका छन् ।
यसैगरी निर्मला पन्तको बलत्कार पछिको हत्याको अपराधीलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्नूपर्ने र सम्पुर्ण नेपाली चेलीबेटीलाई सुरक्षित महसुस गर्ने बातावरण मिलाउनुपर्ने समेत तरुणहरुको माग रहेको छ ।
सरकारले जनता समक्ष गैरजिम्मेवारी देखाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुजेलले आफ्नो तर्फबाट गर्नूपर्ने सम्पुर्ण कार्य गर्ने बताए । चाड पर्वको मुखमा गरिएको मुल्य बृद्धि र कालो बजारीको चौतर्फि रुपमा आलोचना भैरहेको छ ।

Next Post

नेपालगन्जमा ४७ करोडको अत्याधुनिक फनपार्क निर्माण हुँने

२६ आश्विन २०७५, शुक्रबार १९:४८
सदरलाइनडटकम नेपालगञ्ज  : नेपालगञ्जको पर्यटन व्यवसायमा टेवा दिनको लागि ४७ करोड लागतमा पहिलो पटक अत्याधुनिक ‘फनपार्क’ निर्माण हुँने भएको छ । संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिकी सभापति पूर्णाकुमारी सुवेदीले शुक्रबार एक समारोहबीच ‘नेपालगञ्ज थ्रिलर जोन’ नामक फनपार्कको शिलन्यास गरेकी छन् । मानसरोवर अमुजमेन्ट पार्क एण्ड रिसोर्ट […]

ताजा अपडेट