सदरलाइनडटकम
नेपालगञ्ज : महिन्द्रा टु–ह्वीलरको लागि नेपालगञ्जको कारकादौंमा आधिकारिक शोरुमको नेपालगन्जको कारकाँदोमा स्थापना गरेको छ । अग्नी मोटो इन्कले बुधबार शोरुमको औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो ।
शो रुमको स्थापना पनि सर्वसुलभ र सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात सेल्स, सर्भिस र एसेयरपार्टस सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नयाँ शोरुमबाट अग्निमोटो इन्कले दशैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा मुल्य कति स्क्रयाच गरी आउँछ जति योजना लागु गर्ने कम्पनीका बजार निर्देशक पियुष श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, कम्पनीका बजार निर्देशक श्रेष्ठले रिवन काटेर उद्दघाटन गरेको सो कार्यक्रम वेद प्रकाश सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)