स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने मुख्यमन्त्रीको दावी

सदरलाइन संवाददाता २८ माघ २०८०, आईतवार १४:५२
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउने योजनामा प्रदेश सरकार रहेको बताउका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउन कार्यमा सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको मुख्यमन्त्री चौधरीले भने, “समृद्ध प्रदेश बनाउने काममा सरकार एक्लैले गर्न सक्दैन, नीजि क्षेत्रले स्थानीय बस्तु तथा सेवा उत्पादन, बजारीकरणमा ध्यान दिन आवश्यक छ, हामीहरुले यहाँको उत्पादन बाहिर बिक्री गर्ने परिपाटी नबनेसम्म प्रदेश समृद्ध र आत्मनिर्भर हुन सक्दैन ।“

दाङ देउखुरीको मौवाको रक्सीलाई स्थानीय वाइनको रुपमा ब्रान्डिङ गरेर विदेशमा सजिलै बिक्री गर्ने आधार रहेको भन्दै उनले महङ्गा विदेशी रक्सी बेचेर पूँजी पलायन हुनेभएकोले स्थानीय मौवाको रक्सीलाई ब्रान्डिङ गर्ने काममा प्रदेश सरकार पनि लागि परेको जानकारी दिए । समय समयमा आयोजना गरिने मेला महोत्सवमा स्थानीकरणको आभासै नभएको भन्दै मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रपनि धेरै सुध्रनुपर्ने अवस्थामा रहेको बताए ।


उनले भने, “हामी मेला महोत्सव लगाउँछौ, बाहिरका कलाकार र व्यापारी बोलाउँछौ, पैसा दिएर पठाउँछौ अनी यहाँ आर्थिक समृद्धिको नारा लगाउँछौ सुध्रनुपर्ने नीजी क्षेत्र पनि होइन र ?“

प्रदेश सरकारले अब उत्पादनको क्षेत्रमा बढी लगानी गर्ने भन्दै मन्त्री चौधरीले उद्योग, उत्पादन र पर्यटनको क्षेत्र पहचिान गर्ने र त्यहाँको सडक सुधार गर्ने काममा प्रदेश सरकार लागि परेको जानकारी दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्ष्तामा भएको कार्यक्रममा उद्योगी व्यापारीले नीजि क्षेत्र सरकारसँग सहकार्य गरेर प्रदेशमा आर्थिक समृद्धि र आर्थिक शुसासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा शिविरमार्फत अपांगता परिचयपत्र वितरण

२८ माघ २०८०, आईतवार १४:५२
जानकी (बाँके) : जानकी गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरिरहेको छ । वडा–वडामा घुम्ती शिविरको आयोजना गरेर अपांगता परिचयपत्र वितरण भइरहेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले वडा नम्बर १, २ र ३ मा अपांगता परिचयपत्र वितरण गरिसकेको शाखा प्रमुख कल्पना गाहाले जानकारी दिइन् । वडा नम्बर १ देखि […]