भारतको बृन्दावनका कालकारद्वारा नेपालगञ्जमा रामलीला हुँदै

२४ आश्विन २०७५, बुधबार १८:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा बुधवारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष जस्तै यस पटक पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुने भएको हो ।
बृन्दावन धामका एशिया सुप्रसिद्ध ख्याति प्राप्त राधारमण शर्माको २५ जनाको टोलीले रामलीलाको नाटक मञ्चन गर्ने रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कानोडियाले बताए ।
नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन सबै तयारी सकिएको सञ्चालक समितिले जनाएको छ ।
नेपालगञ्ज १३ बाँके बगियामा बुधवार साँझ ८ वजेदेखि शुरु हुने रामलीलाभन्दा पूर्व दिउँसो शोभा यात्रा निकालिएको थियो । कार्तिक ३ गतेसम्म सञ्चालन हुने रामलीला अघि निकालिएको शोभायात्रा रानीतलाउ त्रिभुवन चौक, सेतु विक चौक, धम्वोझी, विपीचौक, त्रिभुवन चौक, भेरी अस्पताल हुँदै पुनःरामलीला स्थानमा पुगेर समापन भएको थियो ।

Next Post

समृद्धि नेपाल निर्माणमा प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने : प्रधानमन्त्री ओली

२४ आश्विन २०७५, बुधबार १८:३६
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न कटिबद्ध रहेको बताएका छन् । विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिशनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रीयस्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको […]

सम्बन्धित