६५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र प्रदान

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १३:३४
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा ६५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको छ । जुनियर खेलाडीहरुलाई ग्रेडिङ्गका अनुसार प्रमाणपत्र प्रदान गरिएको हो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष लाल बहादुर राना र जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले संयुक्त रुपमा जुनियर खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।


पहेलोेतर्फ ३० जना, ग्रिनतर्फ २०, निलोतर्फ १०, रातोतर्फ ४ र कालो तर्फ १ जना गरी ६५ जनालाई प्रमाण पत्र वितरण गरिएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने बताए ।

कार्यक्रममा जेसीजका उपाध्यक्ष दिपेन्द्र कठायत, कोब्रा तेक्वान्दोका अध्यक्ष भिमबहादुर नेपाली, वडा सदस्य, अभिभावक, खेलप्रेमीको उपस्थिती रहेको थियो भने कार्यक्रम विज्ञान नेपालीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

७ माघ २०७९, शनिबार १३:३४
नेपालगञ्ज : नेपालगञ्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न ‘दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९’ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो । देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी […]