सगरमाथा स्कूलमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता

सदरलाइन संवाददाता २९ भाद्र २०८०, शुक्रबार १६:२०
 

नेपालगञ्ज : नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सगरमाथा ई. बो. स्कूल नेपालगञ्ज १८ कारकाँदोले खुल्ला सामुहिक तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

स्कूलले आफ्नै प्राङगणमा शुक्रवार खुल्ला सामुहिक तिज नृत्य प्रतियोगिता २०८० सम्पन्न भएको हो । चार चरणमा बिभाजन गरिएको प्रतियोगितामा नर्सरी कक्षादेखि कक्षा १२ सम्मका छात्राहरुले भाग लिएका थिए ।


जसमा कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरुलाई एक समुह, ५ देखि ७ कक्षासम्मकालाई दोश्रो समुह, ८ देखि १० सम्मका विद्यार्थीलाई तेश्रो समुह र कक्षा ११ र १२ का विद्यार्थीहरुलाई चौथो समुह विभाजन गरि नृत्य प्रतियोगिता गरिएको विद्यालयका एमडी कौशल कुमार पाण्डेयले बताए ।

हरेक समुहका छात्राहरुलाई प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई नगद पुरस्कारसहित ट्रफि र सम्मानपत्र प्रदान गरिने विद्यालयले जनाएको छ । प्रतियोगितामा भाग लिएका उत्कृष्ट चारै समुहलाई स्कुलले आयोजना गरेको सम्मान कार्यक्रममा पुरस्कार वितरण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढैयातालमा निर्माण हुने लयान्सपार्कको अन्तराष्ट्रिय निर्देशक बुर्लाकोटीद्वारा शिलन्याश

२९ भाद्र २०८०, शुक्रबार १६:२०
बढैयाताल (बर्दिया) : बर्दियाको बढैयातालमा लायन्स पार्क निर्माण गरिने भएको छ । बैढैयाताल गाउपालिकासंगको सहकार्यमा लायन्स क्लब अफ बर्दिया, लायन्स क्लब अफ बर्दिया बाँसगढी, लायन्स क्लब अफ बर्दिया मगरागढी, लायन्स क्लब अफ बर्दिया बढैयाताल लायन्स पार्क निर्माण गरिने भएको हो । शुक्रबार एक कार्यक्रमका बीचमा लायन्स क्लबका अन्तराष्ट्रिय निर्देशक बालकृष्ण […]