नेपालगञ्जको पुष्पलालचाेक शालिकमुनी शंकास्पद बस्तु

२९ कार्तिक २०७५, बिहीबार १३:३२
 

नेपालगञ्ज,  नेपालगञ्जको पुष्पलालचोकस्थित पुष्पलालको शालिक मुनी शंकास्पद बस्तु राखिएको छ । सो सामान राख्ने व्यक्तिले शालिक नजिकै रहेको होटल एभरेष्टका मालिकलाई शंकास्पद बस्तु बम भएको र सावधानी अपनाउन भनेपछि सेना र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

शंकास्पद सामान राख्ने व्यक्तिले १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई जानकारी गराएको भएपनि सीसीटीभी फुटेजमा भने ९ बजेर १५ मिनेट जाँदा राखिएको देखिएको छ ।

शंकास्पद बस्तु के हो भन्ने बारे प्रहरीले तालिम प्राप्त कुकुरलाई पनि घटनास्थल लगेको थियो । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भए नभएको र भएको अवस्थामा निष्क्रिय पार्न सुरु गरेको छ ।


Next Post

कर्णाली नदीमा र्याफ्टिङ गर्दै आएका पर्यटकको मृत्यु

२९ कार्तिक २०७५, बिहीबार १३:३२
सदरलाइनडटकम, कालिकोट : कणाली नदीमा र्याफ्टिङ गर्दै आएका विदेशी पर्यटकको मृत्यु भएको छ । हुम्लाबाट र्याफ्टिङ गर्दै आएका विदेशी पर्यटकको बिहीवार बिहान सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडामा मृत्यु भएको हो । विदेशी नागरिक कुन देशका हुन् भन्ने परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए […]

सम्बन्धित