अढाई महिनामा ९ वटा सडक दुर्घटना

१९ आश्विन २०७५, शुक्रबार १९:०८
 

सदरलाइनडटकम  
नेपालगञ्ज  : बाँकेमा पछिल्लो अढाई महिनामा भएका ९ वटा सडक दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले चालु आर्थिक वर्ष २०७५/०७६को साउनदेखि हालसम्म भएका गम्भीर प्रकृतिका ९ वटा सडक दुर्घटनाको घटनामा परेर ३ पुरुष र एक महिला गरी ४ जनाले ज्यान गुमाएको जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परेर ६ जना गम्भीर घाइते ९ जना सामान्य घाइते भएका छन् ।
यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा ३८ जनाले ज्यान गुमाएको जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बाँकेमा सडक दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७२/०७३ मा २९ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाएको तथ्याङ्क छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक रोकायले बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृति र सडकको बिग्रिदो अवस्थाको कारणले दुर्घटना बढेको पाईएकोे बताए ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ५० सवारी कारवाहीबाट २० लाख २९ हजार, आर्थिक वर्ष २०७४/०७५ मा सवारी नियम उलङघन गर्ने १९ हजार ५ सयलाई कारवाही गर्दा १ करोड ८ लाख ३५ हजार ५ सय रुपैया राजस्व संकलन भएको जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०७३/०७४ मा गरिएको ११ हजार ७ सय ३१ कारवाहीबाट ६३ लाख ५३ हजार ५ सय, आर्थिक वर्ष २०७२/०७३ मा १२ हजार ४ सय ३६ कारवाहीबाट ३६ लाख ३३ हजार ५० रुपैया राजश्व संकलन भएको थियो ।

Next Post

महिलाको अश्लील फोटो फेसबुकमा पोष्ट गर्ने युवक पक्राउ

१९ आश्विन २०७५, शुक्रबार १९:०८
सदरलाइनडटकम, धनुषा : अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोष्ट गरेको आरोपमा प्रहरीले धनुषामा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामतलाई पक्राउ गरेको हो । कामतले फेक आईडी बनाएर महिला साथी बनाएको र त्यसमध्येकी एक महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिँदै आएको […]