सदरलाइनडटकम,
डुडुवा (बाँके) : विगत बर्षझै यस बर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सञ्चालन हुने भएको छ । मेला यहि फागुन १७ गतेदेखि चार दिनसम्म चल्नेछ ।
बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने मेलाका संस्थापक ईस्राइल अहमद शाहले जानकारी दिए । मेलामा १८ गते बेलुकी कौव्वाली र १९ गते बिहान गागर, २० गते अन्तिम दिन चादर हुने मेलाका संस्थापक गद्दी नशिन शाहले बताए ।
