सदरलाइनडटकम,
धनुषा : अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोष्ट गरेको आरोपमा प्रहरीले धनुषामा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामतलाई पक्राउ गरेको हो ।
कामतले फेक आईडी बनाएर महिला साथी बनाएको र त्यसमध्येकी एक महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिँदै आएको आरोपमा उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए ।
अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्ने गरी अश्लील फोटो हालेको जाहेरीको आधारमा कामतलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । कामतमाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
