डडेल्धुरा र डोटीमा पहिलो पटक लाइसेन्सको ट्रायल हुँदै

सदरलाइन संवाददाता १० भाद्र २०७९, शुक्रबार १४:०१
 

डडेल्धुरा : डडेल्धुरा र डोटीमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार ट्रायल उदघाटन गर्न लागेको हो । दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।


कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार शनिवार शुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उदघाटनको कार्यक्रम रहेको जनाएका छन् । उनले यातायात डडेल्धुरामा पहिलो पटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको बताए ।

उनका अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै शनिवारनै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीको प्रशासनिक भवन ७ महिनादेखि अलपत्र

१० भाद्र २०७९, शुक्रबार १४:०१
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा निर्माण हुँदै गरेको प्रशासनिक भवन ७ महिनादेखि अलपत्र परेको छ । निर्माण शुरु भएको १९ महिना बितिसक्दा पनि ५० प्रतिशत मात्र कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । ४ करोड २२ लाख ८४ हजार ७ सय १० रुपैँया ४२ पैसाको लागतमा गाँउपालिकाको भवन निमार्ण […]

सम्बन्धित