सदरलाइनडटकम,
काठमाण्डौ : बिजुलीबाट चल्ने बस मंगलवारदेखि सञ्चालन भएको छ । साझा यातायातले सञ्चालनमा ल्याएको बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । कार्यक्रममा उनले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने बताए ।
प्रधानमन्त्री ओलीले विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्ने उल्लेख गरे । विद्युतीय बस सेवाको उदघाटनपछि प्रधानमन्त्री ओली त्यही गाडी चढेर ललितपुरको पुल्चोकबाट सिंहदरबार पुगेका थिए ।
साझा यातायातले चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेको पाँचवटा बसबाट यो सेवा शुरु गरेको हो । अहिले दुईवटा बस काठमाण्डौ आइपुगेको र अन्य तीनवटा बस ल्याउने प्रक्रियामा रहेको साझा यातायातले जनाएको छ । साझाले विद्युतीय बस काठमाण्डौपछि लुम्बिनीमा पनि सञ्चालन गर्ने तयारी गरेको छ ।




