२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

खजुरामा तीज गीत प्रतियोगिता सम्पन्न



सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नंं. २ सितापुर रेडक्रस उपशाखाको आयोजनामा विहीवार अमर मावि सि गाउँमा तीज गीत नृत्य प्रतियोगिता गरिएको छ । जुनियर, युवा सर्कलस्तरीय प्रतियोगितामा उक्त क्षेत्रका ८ वटा विद्यालयबाट सहभागिता रहेको थियो ।
प्रतियोगितामा अमर मावि सि गाउँले प्रथम स्थान ल्याएको छ । उक्त प्रतियोगितामा द्वितिय धु्रबतारा इंलिस मिडियम मावि, रिमझिम चौक, तृतीय यौगिनी मावि गौघाट र सान्तोना गुराँस स्कूल भएको नेपाल रेडक्रस सोसाइटी सीतापर उपशाखा सचिव प्रेम खनालले जानकारी दिए ।
प्रथम, द्वितिय, तृतीय र सान्तोनालाई ५ हजार, ३ हजार, २ हजार र १ हजार पुरस्कार राशीले पुरस्कृत गरिएको थियो । उपशाखा अध्यक्ष सम्मर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित निर्णायाक राकेश गुरुङको नेतृत्वमा रहेको तीन सदस्यीय निर्णायक मण्डलले प्रतियोगितासंगसंगै नजिता दिएपछि कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, बाँकेकी अध्यक्ष शान्ति श्रेष्ठ, अतिथि अमर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफानलागयतले पुरस्कार वितरण गरे ।


यसैवीच बाँकेको खजुरामा तीज महोत्सव आयोजना गरिने भएको छ । खजुरा लायन्स क्लव र लियो क्लवहरुको आयोजनामा हुने प्रतियोगितामा सामूहिक तथा एकल नृत्य राखिएको छ । तीजको दिन आगामी भदौ २७ गते राखिएको उक्त प्रतियोगितामा सामूहिक नृत्यतर्फ १५ हजार, १० हजार, ५ हजार, ३ हजार र एकल नृत्यतर्फ ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भदौ २१ गते बिहीबार
ताजा समाचार