सदरलाइनडटकम,
नवलपरासी : नवलपरासीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन् । कावासोती–१६ मा शनिवार बिहान बस र ट्रक ठोक्किँदा बसचालक बाँके कोहलपुर नगरपालिका ४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको हो ।
घाइते ३२ जनामध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बर को बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७७१९ नम्बको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
