बालविवाह न्युनिकरणको लागि बरघरको सहयोग लिदै प्लान र थारु आयोग

रुद्र सुवेदी ९ जेष्ठ २०८१, बुधबार २०:३६
 

नेपालगञ्ज :  थारु समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि समाजका अगुवा, बरघरको भुमिका महत्वपूर्ण हुने बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन ।

थारु आयोगले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बालविवाह अन्त्यका लागि थारु समुदायका बरघरको भूमिका विषयक गोष्ठीका सहभागिले सो कुरा औल्याएका हुन । आयोगका सदस्य सुबोध सिंह थारुले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेको सो कार्यक्रममा बाँके, दाङ्ग, बर्दिया र सुर्खेतका थारु समुदायका बरघरको सहभागिता रहेको थियो ।

थारु समुदायका बरघरहरुले समाजको हितको लागि सामुहिक निर्णय लिने भएकोले थारु समाजमा रहेको बालविवाहलाई निराकरण गर्न बरघरको भुमिका अहम हुने भएकोले प्लान ईन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सहकार्य गरिएको पश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका प्रबन्धक मिना पराजुलीले जानकारी दिईन ।

समुदायको हितको लागि आफुहरु क्रियाशिल रहेको बताउदै बारबर्दिया नगरपालिका–६ शक्तिनगरका कालिराम थारुले समाजलाई सबैले बालविवाहले समस्यै समस्या निम्त्याउने कुरामा सचेत बनाउन आवश्यक रहेको र प्लान नेपालसंग स्थानीय तवरमा पनि आफुहरुले सहकार्य गरी काम गर्दै आएको बताए ।

उनले जस्तै बर्दिया राजापुर शान्तिनगरबाट कार्यक्रममा सहभागि हुन आएकी बरघर शान्ती चौधरीले समाजमा सामाजिक सञ्जालको कारण बालविवाहको घटना बढ्दो रहेको पाईएको बताईन ।


उनले भनिन–‘ चाँडै सानो उमेरमा विवाह गर्दा जीवनमा धेरै कठिनाई हुने भएकोले छोरालाई भन्दा छोरी मान्छेलाई बालविवाह गर्नु नहुने कुरा बुझाउन जरुरी रहेको छ ।’ उनले अभिभावक र समाजलाई बालविवाहको असरको बारेमा बुझाउन जरुरी भएको बताईन ।

उनले आफु लगातार चौथो वर्षदेखि बरघरको भूमिकामा रहेको बताउदै समाजमा बालविवाह हुन नदिन विभिन्न खालका गतिविधि सञ्चालन गर्दै आएको र समाजको हितमा हुने कार्य गर्न सबैले आफुलाई सहयोग समेत गरेको बताईन ।उनले पछिल्लो समय मोवाईल र सामाजिक सञ्जालले समाजमा विकृती बढाएको गुनासो गरिन ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले आयोगले थारु समुदायको हितको लागि विभिन्न संघसंस्थासंग सहकार्य गरी कार्यक्रम गर्दै आएको जानकारी दिदै थारु समुदायमा व्याप्त रहेको बालविवाह, चाँडै हुने विवाहको अन्त्यका लागि बरघरको भुमिका अत्यन्त महत्वपूर्ण रहेको औल्याए ।

दाङ्ग, बाँके बर्दिया र सुर्खेतका बरघर सहभागि रहेको सो कार्यक्रममा राप्तीसोनारी गाउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, बाँके युनेस्को क्लवका महेश नेपाली, लगायतले समुदायमा व्याप्त बालविवाह न्यूनिकरणका लागि यस्ता कार्यक्रम फलदायी हुने बताएका थिए ।

हालै गरिएको एक अध्ययन अनुसार लुम्बिनी प्रदेशमा झण्डै ४० प्रतिशत बाल विवाह, भागी विवाह, चाँडै विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा विपदबाट जोगिन स्वास्थ्यको तयारी बारे जानकारी

९ जेष्ठ २०८१, बुधबार २०:३६
कोहलपुर (बाँके) :  बाँकेमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बाँकेमा अभिमुखीकरण तथा पूर्व तयारी गठन बैठक आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहीबार सम्पन्न भएको सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले यस्ता गतिविधिका कारण कार्यले विपदको बेलामा स्वास्थ्य क्षेत्रले धेरै परिवर्तन हुने […]

सम्बन्धित