स्व. सुबेदीको सम्झनामा एकल गजल बाचन

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १३:४३
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बाल ज्योती माध्यामिक बिद्यालयमा बिद्यालयका संस्थापक स्व. टिकाराम सुबेदीको सम्झनामा एकल गजल बाचन कार्यक्रमको सम्पन्न भएको छ ।

स्व. टिकाराम सुबेदीको १३ औं स्मृती दिवसका अबसरमा शनिबार बिद्यालयको प्रांगणमा गजलकार देवकी निरौलाको एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको हो ।

तत्कालिन प्याब्सन केन्द्रिय उपाध्यक्ष समेत रहेका सुवेदीको २०६७ सालमा बाँकेको ढकेरीमा सडक दुर्घटनामा परि निधन भएको थियो । कोहलपुर नगरको समग्र विकासमा खरो रुपमा आवाज बुलन्द गर्न सक्ने अदभुत कलाका धनि सुवेदी हक्कि निडर प्रखर बक्ता न्यायोचित र सामाजिक न्यायमा विश्वास राख्ने सफल राजनितिज्ञ समेत थिए ।


उनै सुबेदीको १३ औं स्मृतीमा देवकि निरौलाको एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोहलपुर नगरपालिका नगर कार्यपालिकाका सामाजिक विकास समिती संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, लेखक साहित्यकार सागर गैरे, महानन्द ढकाल, पुष्कर रिजाल, सुमित्रा न्यौपाने, खोपिराम वलि, बद्रि ढकाल, नमिता बराल, सन्तोषि बिष्ट, देबेन्द्र आचार्य लगाएत साहित्य अनुरागि, बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम बालज्योति माध्यमिक विद्यालयका ब्यबस्थापन समितीमा अध्यक्ष लक्ष्मीदेवी सुवदीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रशिद्ध शक्तिपीठ बर्फानी बाबा आश्रम क्षेत्रको सरसफाई

६ जेष्ठ २०८०, शनिबार १३:४३
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका ४ स्थित पहाडमा अवस्थित बर्फानी बाबा आश्रम क्षेत्रको शनिवार सरसफाई गरिएको छ । बर्फानी बाबा सरसफाई ‘महाअभियान’ अन्तर्गत शनिवार बृहद सरसफाई गरिएको महाअभियानका संयोजक हेमन्त चौधरीले जानकारी दिए । श्रद्धालुले जथाभावी फोहर फालेका कारण उक्त क्षेत्र दुर्गन्धित भएपछि पहिलो चरणमा सरसफाई गरिएको उनले बताए । […]